एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै

नेपालभ्युज

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै
फाइल तस्वीर ।

काठमाडौं । प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज (आइतबार) देखि काठमाडौंमा सुरु हुँदैछ ।

पार्टीको केन्द्रीय प्रचार समितिका अनुसार बिहान ११ बजेदेखि थापा गाउँस्थित अर्पण बैंकेटमा सुरु हुने बैठक भदौ ११ गतेसम्म चल्नेछ ।

समितिका अनुसार बैठकमा शपथग्रहण, केन्द्रीय संरचना निर्माण, पार्टी पदाधिकारी चयनलगायतका एजेन्डामा छलफल हुनेछ ।

पार्टीको अध्यक्ष र केन्द्रीय समिति चयन भइसके पनि पदाधिकारीको टुङ्गो लागेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved