काठमाडौं । बसको ठक्करबाट युवकको मृत्यु भएपछि सप्तरीको हनुमाननगर बजार तनावग्रस्त छ ।
बिहीबार साँझ हनुमाननगर कंकालिनी नगरपालिका-५ योगिनियामा बसको ठक्करबाट २२ वर्षीय धुरुप मण्डलको मृत्यु भएको थियो ।
जोगनियास्थित भारदह-राजविराज सडक खण्डमा भारदहबाट राजविराजतर्फ आउँदै गरेको को ३० प ८१०९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ ख ४०४६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक मण्डल टाउको र शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका थिए । घाइते मण्डललाई उपचारका लागि गजेन्द्र नारायणसिंह अस्पताल राजविराज ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।
अहिले घटनाको विरोधमा स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय हनुमाननगर अगाडि टायर बालेर विरोध गरिरहेका छन् ।
Facebook Comment
Comment