काठमाडौं । कुनै पनि मानिसको जीवनका लागि अक्सिजन र रगत सबैभन्दा आवश्यक हुन्छ । यसको बिना जीवनको कल्पना पनि गर्न सकिँदैन । तर, के तपाईंलाई थाहा छ कि पृथ्वीमा एउटा यस्तो जनावर छ, जसको रगत मानिसहरूका लागि अमृत हो ।
हो, आज हामी तपाईंलाई बताउनेछौँ कि कसरी कुनै जनावरको रगत मानिसहरूका लागि बहुमूल्य हुन सक्छ ।
रगतको बिना कुनै मानिसको जीवनको कल्पना गर्न सकिँदैन । तर आज हामी तपाईंलाई एउटा यस्तो जीवको बारेमा बताउनेछौँ, जसको रगत मानिसहरूका लागि कुनै अमृतभन्दा कम छैन ।
उत्तर अमेरिकाको समुद्रमा पाइने एउटा गँगटाको रगत अमृत मानिन्छ । यस गँगटालाई ‘हर्सशू’ भनिन्छ । तर, तपाईंलाई यो जान्दा अचम्म लाग्न सक्छ कि यसको रगत रातो होइन, नीलो हुन्छ र यो ४५ करोड वर्षदेखि पृथ्वीमा रहेको छ ।
यो गँगटा घोडाको टाप जस्तो देखिन्छ, त्यसैले यसको नाम हर्सशू क्र्याब राखिएको हो । यसको नीलो रगत नै अब यसको अस्तित्वका लागि खतरा बनेको छ । मेडिकल साइन्समा यसको रगत एन्टी ब्याक्टेरियल गुणका कारण प्रयोग गरिन्छ ।
१३ लाख रुपैयाँ लिटर रगत
खतरनाक ब्याक्टेरियाको पहिचान गर्ने औषधिहरूमा नीलो रगतको प्रयोग गरिन्छ । यसले खतरनाक ब्याक्टेरियाको बारेमा सही जानकारी दिन्छ । यही कारणले यसको मूल्य नेपाली करिब १३ लाख रुपैयाँ अर्थात् १० हजार अमेरिकी डलर प्रति लिटर पर्छ । रगतका लागि नै हरेक वर्ष ५ लाखभन्दा बढी गँगटा मारिन्छ ।
कसरी निकालिन्छ रगत ?
यी गँगटालाई विभिन्न ठाउँबाट समातिन्छ । तिनीहरूलाई राम्रोसँग सफा गरिन्छ र त्यसपछि ल्याबमा लगिन्छ । गँगटालाई जिउँदै स्ट्यान्डमा फिट गरेर मुखको नजिक नसामा सिरिन्ज लगाएर तल बोतल राखिन्छ, त्यसपछि विस्तारै बोतलमा रगत जम्मा हुन्छ ।
Facebook Comment
Comment