काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्षमता माथि प्रश्न उठाएकी छिन् ।
बिहीबार प्रतिनिधि सभामा बोल्दै सांसद श्रेष्ठले प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नु पर्ने कारण के छ भन्दै प्रश्न गरिन् । उनले विश्वविद्यालयलाई कता लैजान लागेको भन्दै प्रश्न पनि तेर्स्याइन् ।
उनले भनिन्, ‘विवाद भएका विश्वविद्यालयका कुलपति प्रधानमन्त्री, एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालमा जोडदार माग गर्नुपर्ने, त्यो मन्त्रीहरूको परिषद्को कप्तान को ? प्रधानमन्त्री, दलीय राजनीतिले जडजड बनाएको दुई ठूला दलको भातृ संगठन, प्रशासनिक संगठन, प्राध्यापक संगठन र त्यसलाई सही दिशातर्फ लान्छु भनेर लागेका को ?’
उनले यसअघि भनिन्, ‘साउन ३० गते सरस्वती क्याम्पसमा चिट चोराउन पुगेका अनेरास्वयुका नेताले परीक्षा नियन्त्रकलाई कुटे, क्याम्पस प्रमुख र क्याम्पस प्रशासन मुखदर्शन भयो । त्यसको माओ पार्टीका प्रमुख को ? अहिलेको प्रधानमन्त्री । शिक्षालयमा दल चाहिन्छ भन्ने को ? अहिलेको प्रधानमन्त्री । यसमा प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नु पर्ने कारण के छ ? बताइदिनुपर्यो ।’
Facebook Comment
Comment