कौशीमा नाटक ‘काँचो धागो’ मञ्चन हुँदै

नेपालभ्युज

कौशीमा नाटक ‘काँचो धागो’ मञ्चन हुँदै

काठमाडौं । टेकुस्थित कौशी थिएटरमा नाटक ‘काँचो धागो’ मञ्चन हुन लागेको छ ।

कथा घेरा र वेज प्रालीको संयुक्त प्रस्तुति रहेको नाटक ‘काँचो धागो’ले मानव मनोविज्ञान, पहाडी क्षेत्रको पीडा र  विस्थापनको समस्यालाई दृष्टिगत गर्दै एक अमूर्त जीवन कथालाई दर्शकसामु प्रस्तुत गर्न खोजेको छ । नाटकको कथा नेपाली ग्रामीण भेगमा देखिएका घटना, भावना, र मानवीय पीडाबाट प्रेरित छ ।

लेखक मुक्तिका अनुसार नाटकले मानवीय संवेदनाको गहिरो अर्थ र पर्यावरणीय मुद्दालाई सरल र स्पष्ट रूपमा उजागर गरिएको छ । निर्देशक तथा परिकल्पनाकार अशान्त शर्मा ले दर्शकलाई नाटकमा समाहित रहेको भावना र विचारले नयाँ सोच र प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

नाटकले मानव र प्रकृतिबिचको सम्बन्धलाई प्रभावकारी ढङ्गले उजागर गरेको छ । नाटकमा कलाकारहरू आयुश्मा मगर, सागर दाहाल, निशान खत्री, रसिक राज, सम्राट भुजेल,पूर्णिमा आचार्य, निष्ठा त्रिपाठी, मिरा खड्का, कबिर काफ्का, मुक्ति र कृष राईले अभिनय गरेका छन् ।

नाटक भाद्र ६ गतेदेखि २९ गतेसम्म मङ्गलवारबाहेक हरेक  साँझ ५:१५ बजे र शनिवार दिउँसो २ बजे मञ्चन हुने छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved