संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजेको भन्ने प्रचारमा सत्यता छैन : उपप्रधानमन्त्री सिंह

नेपालभ्युज

संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजेको भन्ने प्रचारमा सत्यता छैन : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजेको भन्ने प्रचारमा सत्यता नभएको बताएका छन् ।

नेवाः सम्पर्क समूह रामेछापको ३१औं साधारणसभालाई सोमबार काठमाडौंमा उद्घाटन गर्दै सिंहले कांग्रेस–एमाले जनताको अधिकारको लागि लडेको दल भएको भन्दै जनताको अधिकार हनन नगर्ने स्पष्ट पारे ।

लामो समय मुलुक अस्थीरताबाट गुर्जिएकाले राजनीतिक स्थायित्व दिनको लागि कांग्रेस एमालेसँग मिलेको उनले बताए ।

सरकार बनेपछि अर्थतन्त्रलाई लयमा ल्याउन सकारात्मक प्रयास भइरहेको उनले जिकिर गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved