साफ यू–२० : उद्घाटन खेलमा नेपालले श्रीलंकालाई हरायो

नेपालभ्युज

साफ यू–२० : उद्घाटन खेलमा नेपालले श्रीलंकालाई हरायो

काठमाडौं। साफ यू–२० फुटबलको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ ।

आईतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले श्रीलंकालाई १–० को गोलअन्तरले हराएको हो ।

नेपालका लागि निराजन धामीले २४ औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । जितसँगै नेपालले ३ अंक जोडेको छ ।

प्रतियोगितामा सोमबार भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ । नेपालले आफ्नो समूहको दोस्रो तथा अन्तिम खेल २२ अगष्टमा बंगलादेशसँग खेल्नेछ ।

प्रतियोगितामा सार्क क्षेत्रका पाकिस्तानबाहेक ६ टोलीको सहभागिता छ । यी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved