सौराहामा बन्यो थारु समुदायको छतिया स्ट्रिट

नेपालभ्युज

सौराहामा बन्यो थारु समुदायको छतिया स्ट्रिट

चितवन । पर्यटक गन्तव्यको रूपमा रहेको चितवनको सौरहामा पर्यटकहरूलाई आकर्षित गर्न छतिया स्ट्रिट निर्माण गरिएको छ । थारु समुदायको मुख्य बसोबास रहेको सौरहामा थारु समुदायको मौलिकता झल्कने खालका छतिया राखेर करिब ४५ मिटर लामो छतिया स्ट्रिट निर्माण गरेको हो ।

सौराहा थारु समुदायको बाहुल्य रहेको बस्ती हो । अहिले सो क्षेत्रमा विभिन्न समुदायका व्यक्तिहरूले होटलहरु खोल्दै गए पछि सौराहाका थारु समुदायको अस्तित्व नै हराउँदै गएको छ । सौरहामा थारु समुदायको मात्र १ सय २ घर रहेका छन् ।

सौरहामा अहिले ४५ मिटर लामो बागमती प्रदेश सरकारको सहयोगमा छतिया स्ट्रिट निर्माण गरिएको रत्ननगर नगर पालिका वडा नम्बर ६ का वडा सदस्य बिरेन्द्र महतोले बताए । उक्त स्ट्रिट बागमती प्रदेश सरकारको ३० लाख र वडा कार्यालय वाट ३ लाखको लागतमा छतिया स्ट्रिट निर्माण उनले बताए ।

छतिया थारु समुदायले खेतमा काम गर्दा घाम पानी बाट बच्न ओढ्ने बास र भर्लाको पात बाट बनेको ठुलो टोपी हो । उक्त स्ट्रिटमा पर्यटकलाई आकर्षित गर्न साँझ पख थारु समुदायको खानाका परिकारहरू थारु समुदायले बनाएका ह्याण्डी क्राफ्टहरु बिक्री वितरणको लागि राखिने महतोले बताए ।

स्ट्रिटमा हप्ता २ दिन थारु समुदायको मौलिक सांस्कृतिक नाच झाम्टा र लाठी नाच प्रस्तुत गर्ने योजना रहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved