काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलेको सरकारले शिक्षकमाथि दमन गरेको आरोप लगाएलगत्तै पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले सामाजिक संजालबाट जवाफ फर्काएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत रहेकी श्रेष्ठले शिक्षा क्षेत्रमा राजनीतिलाई कुनै पनि स्थान नहुने दोहोर्याएकी हुन् । त्यसअघि शनिबार आयोजित शिक्षकको कार्यक्रममा प्रधानमन्त्री ओलीले शिक्षकलाई राजनीतिक आवद्धता त्याग्न लगाउने पहिलेको सरकारको आलोचना गरेका थिए ।
पूर्वमन्त्री श्रेष्ठले सामाजिक संजालमा जवाफ दिँदै लेखेकी छन् – नो इफ नो बट, शिक्षाबाट राजनीति कट ।
श्रेष्ठले शिक्षा मन्त्री हुँदा शिक्षकहरुलाई राजनीतिक आवद्धता त्याग्न या राजीनामा दिन उर्दी जारी गरेकी थिइन । जसका कारण ८ सयभन्दा धेरै शिक्षकले राजीनामा दिएका थिए ।
यो पनि पढ्नुहोस :
पूर्वशिक्षामन्त्री श्रेष्ठलक्षित प्रधानमन्त्रीको टिप्पणी शिक्षकको भूमिका नबुझ्नेले दमन गरे
Facebook Comment
Comment