खुकुरी प्रहारबाट दुईजना गम्भीर घाइते, वडाध्यक्षसहित चारजना पक्राउ

नेपालभ्युज

खुकुरी प्रहारबाट दुईजना गम्भीर घाइते, वडाध्यक्षसहित चारजना पक्राउ
सांकेतिक तस्वीर।

नेपालगञ्ज । शनिबार राति यहाँ खुकुरी हानाहान भएको छ । खुकुरी प्रहारबाट दुईजना गम्भीर घाइते भएका छन् ।

प्रहरीले खुकुरी प्रहार गरेको अभियोगमा राप्तीसोनारी गाउँपालिका २ का वडाध्यक्ष ज्ञानबहादुर वलीसहित चार जनालाई पक्राउ गरेको छ ।

युवा संघका जिल्ला अध्यक्षसमेत रहेका ज्ञानबहादुरसहित विशाल बस्नेत, रत्न भण्डारी र बामे वलीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको खुकुरी प्रहारबाट सन्दिप विष्ट र सुलभ मल्ल गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि भारतको लखनउ लगिएको छ ।

प्रहरीका अनुसार दुई समूहबीच लामोसमयदेखि रिसइवी थियो । शनिबार राति राप्तीसोनारीको विनौनामा वलीको समूहले दुईजनामाथि खुकुरी प्रहार गरेको थियो ।

दुईसमूहबीच व्यवसायजन्य र राजनीतिक विषयमा बेलाबेलामा झगडा हुने गरेको बताइन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved