गठ्ठाघर दुर्घटनाको सीसीटीभी फुटेजले उठायो प्रश्न- चेकिङको नाममा मध्य दिउँसै मूल सडक किन छेकियो ? (फुटेजसहित)

एक लेन छेकेर बसेका छन्, ट्राफिक प्रहरी । दुई लेनबाट आइरहेका सवारीहरू एकाएक एउटै लेनमा खुम्चिन बाध्य भएको स्पष्ट देखिन्छ। यसले दुई समस्या सिर्जना गरेको देखिन्छ । पहिलो, ट्राफिक देखेर चालकहरू अचानक गति कम गर्न बाध्य छन् । जसबाट उनीहरू पछाडिको सवारीबाट खतरामा छन् । अर्को, दुई लेनका सवारी एकै लेनमा मिसिँदा दुर्घटनाको जोखिम देखिन्छ ।

नेपालभ्युज

गठ्ठाघर दुर्घटनाको सीसीटीभी फुटेजले उठायो प्रश्न- चेकिङको नाममा मध्य दिउँसै मूल सडक किन छेकियो ? (फुटेजसहित)

काठमाडौं । बिहीबार दिउँसो गठ्ठाघर चोकमा अकाशे पुलनजिकै भएको दुर्घटनाको सीसीटीभी फुटेज सार्वजनिक भएको छ । यस फुटेजले ट्राफिक प्रहरीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ ।

अरनिको राजमार्गको यस खण्डमा दैनिक हजारौँ सवारी गुड्छन् । विशेषगरी मध्य दिउँसोमा सवारी चाप उच्च हुने गर्दछ । तर यही बेला ट्राफिक प्रहरीले दुई लेनमध्ये एक लेन छेकेर चेकिङ गरेको देखिन्छ ।

ट्राफिक प्रहरीले अलीपर रुखविरुवामा छेकिएर वा आकाशे पुलमाथिबाट स्पिड चेक गर्ने र यता सडक छेकेर सवारी नियन्त्रणमा लिँदै आएको थियो ।

सीसीटीभी फुटेजमा पनि ट्राफिक प्रहरीको त्यही काम देखाउँछ । एक लेन छेकेर बसेका छन्, ट्राफिक प्रहरी । दुई लेनबाट आइरहेका सवारीहरू एकाएक एउटै लेनमा खुम्चिन बाध्य भएको स्पष्ट देखिन्छ। यस व्यवस्थापनले दुई समस्या सिर्जना गरेको देखिन्छ ।

ट्राफिकले थापेको ‘डेथ ट्र्याप’ : लुकेर चेकिङ गर्दा दुर्घटना, यसरी कुटिँदै लखेटिए प्रहरी (भिडिओसहित)

पहिलो, ट्राफिक देखेर चालकहरू अचानक गति कम गर्न बाध्य छन् । जसबाट उनीहरू पछाडिको सवारीबाट खतरामा छन् । अर्को, दुई लेनका सवारी एकै लेनमा मिसिँदा दुर्घटनाको जोखिम देखिन्छ ।

यही अव्यवस्थित चेकिङका कारण ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको देख्न सकिन्छ ।

स्कुटर चालक ओखलढुङ्गा निवासी उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको छ ।

गृहमन्त्रीले आइजीपीलाई सोधे- ‘गठ्ठाघर दुर्घटना हुनुमा पुलिसको गल्ती छ कि ?’

घटनापछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोड गर्नुका साथै गठ्ठाघरमा मूल सडक अवरुद्ध पारेर प्रदर्शन गरे। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रयोग गर्नुपरेको थियो ।

यस घटनाले ट्राफिक व्यवस्थापन र सडक सुरक्षा सम्बन्धी नीतिहरूको पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएको छ। विशेषगरी व्यस्त समयमा गरिने ट्राफिक चेकिङको तरिका र स्थान बारे गम्भीर पुनर्विचार गर्नुपर्ने देखिन्छ।

गठ्ठाघर दुर्घटनाको प्रभाव: घटना साम्य नभएसम्म उपत्यकामा ट्राफिक चेकिङ नहुने

ट्राफिकले चेक गरिरहेको स्कुटरलाई ट्रकले ठक्कर दियो, महिलाको मृत्युपछि गठ्ठाघर तनावग्रस्त

यी हुन् गट्ठाघर दुर्घटनाका मृतक (सीसीटीभी फोटो)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved