सार्वजनिक यातायातमा जिपिएस ट्र्याकिङ प्रणाली जोड्न गृहको निर्देशन

नेपालभ्युज

सार्वजनिक यातायातमा जिपिएस ट्र्याकिङ प्रणाली जोड्न गृहको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सार्वजनिक सवारी साधनमा जिपिएस ट्र्याकिङ प्रणाली, तीब्र गति सीमित एवं नियन्त्रण गर्ने उपकरण जडान गर्न निर्देशन दिएको छ ।

सार्वजनिक सवारी साधनमा सिसिटिभी र ट्रान्सपोन्डरको समेत व्यवस्था गर्न मन्त्रालयले निर्देशन दिएको छ । गत असार २८ गते चितवनको सिमलतालमा पहिरोले दुई वटा बस बगाएको घटना अध्ययन कार्यदलले बुझाएको सुझाव प्रतिवेदन कार्यान्वयन गर्ने सिलसिलामा गृह मन्त्रालयले यातायात व्यावसायीलाई त्यस्तो निर्देशन दिएको हो ।

निर्देशनमा यात्राहरूलाई टिकट काटेरमात्र यात्रा गराउने, अनलाइन टिकट प्रणालीको विकास गर्ने, यात्रुको पहिचान खुल्ने कागजात लिएर मात्र यात्रा गर्ने कुरालाई व्यावहारमा उतार्न निर्देशन दिइएको छ ।

शिष्ट, सभ्य र यात्रुमैत्री व्यावहारका लागि यातायात मजदुरलाई प्रशिक्षित गर्न, चालकलाई सुरक्षित ड्राइभिङसम्बन्धी तालिम दिन र ट्राफिक नियमको पालना गर्न प्रेरित गर्न र मादक पदार्थ सेवन गरेर सवारी नचलाउन कठोर निगरानीका लागि निर्देशन दिएको छ ।

लामो दूरीको सवारीमा कम्तिमा दुई जना चालक राख्ने व्यवस्थाको पालना गर्न पनि गृह मन्त्रालयले निर्देशन दिएको छ । त्यसैगरी यातायात व्यवसायी र मजदुरको आचारसंहिता बनाइ लागु गर्न, चालक तथा सहचालकलाई पोशाकको व्यवस्था तथा परिचयपत्रको व्यवस्था गर्न, टिकट काउन्डरका कर्मचारीलाई अनिवार्य परिचयपत्र र तोकिएको पोशाक लगाउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।

त्यसैगरी सवारी साधनको तेस्रो पक्ष बिमा अनिवार्य गर्न निर्देशन दिएको छ । सवारी साधनको नियमित मर्मतसम्भार, चेकजाँच र पुराना तथा असुरक्षित सवारी साधनलाई प्रयोगबाट हटाउन दिर्नेशन दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved