सिन्धुली । बिहीबार भएको जीप दुर्घटनामा गाउँसभा सदस्यसहित तीन जनाको मृत्यु भएपछि गोलन्जोर गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ।
बिहीबार बिहान सवा ९ बजेतिर, कमलामाई नगरपालिका–२, चियाबारी नजिक बीपी राजमार्गमा, गोलञ्जोरबाट सिन्धुलीतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा गोलन्जोर गाउँपालिका ६ का निर्वाचित वडा तथा गाउँसभा सदस्य उदय बहादुर मस्राङ्गीसहित तिन जनाको मृत्यु भएको थियो।
गाउँपालिकाले एक सूचना जारी गर्दै शुक्रबार गाउँपालिका मातहतका सबै कार्यालयहरूमा शोक बिदा दिएको जनाएको छ। दुर्घटनामा एउटै गाउँका ११ जना घाइते भएका छन्। घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ।
दुर्घटनामा गोलन्जोर गाउँपालिका-६ का वडा सदस्य वर्ष ४५ का उदय बहादुर मश्राङ्गी मगर, उनका नातेदार वर्ष ३५ का पवन मस्राङ्गी मगर र सोही वडाको हैबार बस्ने वर्ष ४२ का पृथ्वी भुजेलको मृत्यु भएको र ११ जना घाइते भएको दुःखद घडीमा गाउँपालिकाले शुक्रबार एक दिन शोक बिदा दिने निर्णय भएको गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने (पुकार) ले जानकारी दिए।
Facebook Comment
Comment