काठमाडौं । भारतीय अभिनेत्री सामन्था रुथ प्रभुको व्यक्तिगत जीवन सधैं चर्चामा रहन्छ । उनले सन् २०१७ मा अभिनेता नागा चैतन्यसँग विवाह गरेकी थिइन् ।
तर, सन् २०२१ मा उनीहरुको सम्बन्धविच्छेद भयो । अब सामन्थाको पर्सनल लाइफको बारेमा नयाँ खबरहरु आइरहेका छन् । रिपोर्टका अनुसार उनी निर्देशक राज निदिमोरुलाई डेट गरिरहेकी छिन् ।
टाइम्स नाउको रिपोर्टका अनुसार सामन्था र राजबीच डेटिङ भएको खबर आएको छ । यद्यपि, यो पुष्टि भएको छैन ।
निदिमोरु र अर्का निर्देशक कृष्ण डीकेसँग सामन्थाको कार्य साझेदारीले यी रिपोर्टहरूलाई झन् सहयोग गरेको छ । यस विषयमा दुवै पक्षबाट अहिलेसम्म कुनै प्रतिक्रिया भने आएको छैन ।
निदिमोरु र डीकेको जोडीले धेरै हिट फिल्महरू बनाएका छन् । सामन्थाले उनीहरुसँग आगामी थ्रिलर श्रृंखला ‘सिटाडेल: हनी बन्नी’ सहित धेरै प्रोजेक्टहरू पनि गरिसकेकी छन् ।
राजको व्यक्तिगत जीवनको कुरा गर्दा उनले श्यामली डेसँग विवाह गरेका थिए ।
सम्बन्धविच्छेदपछि सामन्थाले आफ्नो जीवनको बारेमा धेरै पटक खुलेर कुरा गरेकी छिन् । सन् २०२२ मा मायोसाइटिससँग लड्दै उनले आफ्नो संघर्ष पनि साझा गरेकी थिइन् ।
एले इन्डियासँगको भर्खरैको अन्तर्वार्तामा उनले विगत तीन वर्ष उनको लागि कठिन रहेको तर, अहिले उनी शान्त र स्थिर रहेको बताएकी थिइन् ।
सामन्थाको थ्रिलर श्रृंखला ‘सिटाडेल: हनी बन्नी’ यो नोभेम्बरमा ओटीटीमा रिलिज हुनेछ।
Facebook Comment
Comment