१५ उपसचिवको सरुवा, को कहाँ ?

नेपालभ्युज

१५ उपसचिवको सरुवा, को कहाँ ?

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ जना उपसचिवहरूको सरुवा गरेको छ । मन्त्रालयले बुधबार विभिन्न निकायमा रहेका १५ जना उपसचिवहरूको सरुवा गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव विजय शर्मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सुरुवा भएका छन् ।

राष्ट्रिय महिला आयोगका उपसचिव माधवराज मरासिनी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा हुँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव विनोद कुमार दाहाल  विद्युतीय सुशासन आयोगमा पुगेका छन् ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव हेम राज भुसालको राष्ट्रिय महिला आयोगमा सुरुवा भएको छ भने वन तथा वातावरण मन्त्रालयकी उपसचिव रत्नेश शशिलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पठाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिवहरू रविन ढकालको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, रामहरी पाण्डेको राष्ट्रिय योजना आयोग, छविलाल पौडेलको गृह मन्त्रालयमा सुरुवा गरिएको छ । यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव नीता शर्मालाई रक्षा मन्त्रालय पठाइएको छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव फणिन्द्र प्रसाद पौडेलको रक्षा मन्त्रालयमा सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दरबन्दीमा रहेका हरि पंगेनीको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सुरुवा भएको छ । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका ईश्वरी प्रसाद ढकाललाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पठाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव सुरेश राज जोशीको गृह मन्त्रालयमा सरुवा भएको छ भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव कृष्ण प्रसाद चापागाईँलाई गृहमा पठाइएको  छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved