काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
बुधबार ललितपुरमा सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिमको समापन समारोहलाई पौडेलले सवै सेवाग्राहीप्रति समान व्यवहार गर्दै कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।
उहाले सेवाग्राहीप्रति समान व्यवहारबाट चुक्ने गरेको गुनासो आउने गरेको भन्दै यसमा कर्मचारीले विशेष ध्यान दिनुपर्ने धारणा राखे ।
पौडेलले आफूलाई असल राष्ट्रसेवक कर्मचारी प्रमाणित गर्न पनि मैत्रीपूर्ण काम गर्नुपर्नेमा जोड दिए ।
निजामती कर्मचारीहरूले काम गर्दा कानूनसंग बाझिएको छ वा छैन भन्ने ख्याल गर्नुपर्ने समेत उनले बताए । पौडलले सरूवा-बढुवाका लागि राजनीतिक दल वा मन्त्रीहरूको भनसुनबाट मुक्त हुनपनि निर्देशन दिए ।
Facebook Comment
Comment