प्रतिनिधि सभाको बैठक बस्दै, टीआरसी विधेयक पारित गर्ने कार्यसूची

नेपालभ्युज

प्रतिनिधि सभाको बैठक बस्दै, टीआरसी विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले “कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्” भनी प्रस्ताव गर्ने संसद् सचिवालयले जनाएको छ ।

सोही बैठकमा “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्” भनी कानुनमन्त्रीले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved