नेपाल–भारतबीचका सबै नाका तेस्रो देशका पर्यटकका लागि खुला

नेपालभ्युज

नेपाल–भारतबीचका सबै नाका तेस्रो देशका पर्यटकका लागि खुला

काठमाडौँ । कोरोना महामारीका बेला तेस्रो देशका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान लगाइएको रोक अब फुकुवा भएको छ ।

अध्यागमन विभागले कोरोना महामारीका बेला स्वास्थ्य सतर्कता अपनाउने क्रममा नेपाल–भारतबीचका सात वटा नाकामध्ये दुई वटा नाकाबाट मात्रै तेस्रो देशका नागरिकलाई भारत जान अनुमति दिएको थियो ।

अबदेखि तेस्रो मुलुकका नागरिकहरू नेपाल–भारतबीचका सात वटै नाका प्रयोग गरेर छिमेकी मित्रराष्ट्र भारत प्रदेश गर्न पाउने विभागले जनाएको छ । महामारीका बेला भैरहवा र वीरजञ्ज नाकाबाट मात्रै पर्यटकले भारत जान पाएका थिए ।

पर्यटकका लागि नेपाल–भारतबीचका सबै नाका खुला भएसँगै नेपालमा पर्यटकको संख्यामा बृद्धि हुने विश्वास लिइएको छ ।
––––


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved