एमालेका गैरे संसद्को संयुक्त समितिको सभापतिमा उम्मेदवार बन्दै

नेपालभ्युज

एमालेका गैरे संसद्को संयुक्त समितिको सभापतिमा उम्मेदवार बन्दै

काठमाडौं । संघीय संसदको संयुक्त समितिको रुपमा रहेको  राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा एमालेले ठाकुर गैरेलाई उम्मेदवार बनाउने भएको छ ।

सुरुमा राष्ट्रिय सभा सदस्य तुलसाकुमारी दाहाललाई उम्मेदवार बनाउने गरी छलफल चलेपनि प्रतिनिधि सभा सदस्यबाटै सभापति बनाउनुपर्ने मत बलियो भएपछि  गैरेलाई समिति सभापतिको उम्मेदवार बनाउन लागिएको एमालेका एक नेताले जानकारी दिए ।

सभापतिका लागि बुधबार उम्मेदवारी दर्ता हुँदैछ । संघीय संसद् सचिवालयले बुधबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ ।

उम्मेदवारहरुको नामावली बुधबार दिउँसो ४ बजे सार्वजनिक हुने सचिवालयले जनाएको छ ।  बिहीबार नै संसदीय सुनुवाइ समितिको सभापतिका लागि समेत निर्वाचन हुँदैछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved