ग्रीन टीको फाइदा

नेपालभ्युज

ग्रीन टीको फाइदा

काठमाडौं । ग्रीन टी एक पेय पदार्थ हो, जसका धेरै फाइदा छन् । रातमा यसलाई पिउँदा राम्रो निद्रा आउँछ । यद्यपि, रातमा चिया पिउनुका केही नोक्सानहरू पनि छन् र यो सबैका लागि उपयुक्त नहुन सक्छ ।

आज हामी ग्रीन टी पिउनु तपाईंका लागि लाभदायक हुन सक्छ कि सक्दैन भनेर बताउनेछौँ ।

ग्रीन टीमा थिएनीन नामक कम्पाउन्ड पाइन्छ । जसले निद्रा लाग्न सहयोग गर्छ । यसले तपाईंको निद्रा गुणस्तर बनाउँछ । यसले तपाईंको मस्तिष्कमा तनावसँग सम्बन्धित हर्मोन र न्यूरोनलाई नियन्त्रण गर्छ, जसले गर्दा तपाईंले राम्रो निद्रा पाउन सक्नुहुन्छ ।

तौल घटाउने प्रयासमा धेरैजसो मानिसहरू एक दिनमा ३–४ कप ग्रीन टी पिउँछन् । यो चिया मात्र तौल घटाउनका लागि मात्र होइन, यसका अन्य स्वास्थ्य फाइदाहरू पनि छन् ।

ग्रीन टीमा पाइने क्याफिन र क्याटेचिनका कारण शरीरलाई फाइदा पुग्छ । क्याटेचिन एक प्रकारको एन्टीअक्सिडेन्ट हो जसले शरीरमा भएको अतिरिक्त बोसोलाई घटाउन मद्दत गर्न सहयोग गर्छ ।

तौल घटाउनुका साथै ग्रीन टीले उच्च कोलेस्ट्रोल, हृदय सम्बन्धी समस्याहरू र टाइप २ मधुमेहको समस्याबाट पीडित मानिसहरूका लागि पनि राम्रो मानिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved