काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सेयर बजार जुवाको घर भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गर्दै प्रसाईंले सेयर बजार साना लगानीकर्ताको लागि नभएको बताएका हुन् ।
उनी सेयर बजार सीमित तस्कर, मारवाडी, सरकार, मिडिया र कथित अभियान्ताहरुले मात्र कमाइखाने भाँडो रहेको दाबी गर्छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनी लेख्छन्, ‘सेयर बजारमा साना लगानी कर्ताको लगानी कहिल्यै पनि सुरक्षित हुँदैन । यो एक किसिमको जुवा घर हो । जुन जुवा घरमा जित्ने जहिले पनि जुवा खेलाउने हुन्छन् । जुवा खेलाउनेमा सेयर बजारका सीमित तस्कर मारवाडी,सरकार,मिडिया र सीमित सेयर बजारका स्व.कथित अभियन्ता हुन्छन् । बाँकी सबै लाखौँ लाख जनता बजारमा घप्पु दाउ हान्न बसेका हुन् । उनीहरूको भागमा एक पटक एक्का पर्यो भने तिन पटक दुक्का पर्छ ।’
Facebook Comment
Comment