आइएमईमा गाभियो जीएमई रेमिट, सर्वसाधारणका लागि आइपीओ खुलाउने तयारी 

नेपालभ्युज

आइएमईमा गाभियो जीएमई रेमिट, सर्वसाधारणका लागि आइपीओ खुलाउने तयारी 

काठमाडौं । आइएमई लिमिटेड र जीएमई रेमिट मर्ज भएर साउन ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ ।

दुई रेमिट मर्ज भएर आइएमई लिमिटेडको नामबाट कारोबार हुने भएको हो । मर्ज पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ हुने छ । हाल आईएमईको पुँजी ९० करोड र जीएमईको पुँजी २५ करोड रुपैयाँ छ ।

रेमिट्यान्स कारोबार रकमका आधारमा आईएमई पहिलो र जीएमई तेस्रो ठुला कम्पनी हुन् । मर्ज पछि कम्पनीको कारोबार मासिक ३० अर्बभन्दा बढी हुने अनुमान छ । आइएमई देशकै सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी हो भने जीएमई जापान र कोरियाबाट सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी हो ।

मर्ज पछि कम्पनीले १० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा पनि गइसकेको छ । सेबोनले अनुमति दिने बित्तिकै कम्पनीले आईपीओ ल्याउने बताएको छ ।

यी दुवै कम्पनीको गत जेठमा भएको साधारणसभाले एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी प्रस्ताव पारित गरेका थिए । सोही प्रस्तावअनुसार साउन ३० गते एकीकृत कारोबार हुने भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved