ट्रम्प र मस्कबीच एक्स स्पेसमा वार्ता

नेपालभ्युज

ट्रम्प र मस्कबीच एक्स स्पेसमा वार्ता

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सोसल मिडिया साइट एक्सका मालिक एलोन मस्कलाई एक्स स्पेसमा अन्तर्वार्ता दिएका छन् । मस्कले ट्रम्पसँग अडियो प्लेटर्फमा २ घण्टा कुराकानी गरेका हुन् ।

सबैभन्दा पहिले, मस्कले पेन्सिलभेनियामा आफूमाथि भएको आक्रमणको बारेमा सोधेका थिए । जवाफका सिलसिलामा ट्रम्पले हाँसे र अनुभव निकै नराम्रो भएको बताए । आक्रमणपछि उनले भगवानमा बढी विश्वास गर्न थालेको उल्लेख गरे ।

ट्रम्पले अन्तर्वार्तामा बाइडेन र कमला ह्यारिसमाथि धेरै आरोप लगाएका थिए । उनीहको नीतिकै कारण मुलुकमा सय वर्षयताकै उच्च मुद्रास्फीति भएको बताए । त्यसैगरी ट्रम्पले अन्य देशका अपराधीहरु अमेरिका प्रवेश गरिरहेको बताए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनप्रति नरम भएको आरोपमा ट्रम्पले आफू पुटिन र किम जोङलाई राम्ररी चिनेको बताएका छन् । उनीहरु धेरै चतुर र क्रूर नेता भएको ट्रम्पले उल्लेख गरे । उनले पुटिनलाई युक्रेनमा आक्रमण नगर्न सल्लाह दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved