जनकपुरधाम । मुख्यमन्त्री सतिश कुमार सिंहको कार्यले संघियता धरापमा पर्ने भन्दै जसपा नेपालका युवा विद्यार्थीहरुले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।
समाजवादी युवा संघ तथा समाजवादी विद्यार्थी युनियनको अगुवाईमा युवा विद्यार्थीहरुको समुहले जनकपुरधाममा सिट्ठी जुलुस प्रदर्शन गर्दै विरोध गरेका हुन् ।
मधेस सरकारले जम्बो मन्त्रीपरिषद् गठन गरेको भन्दै समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियनले मधेस सरकार विरुद्ध सिट्ठी जुलुस निकालेको हाे ।
जसपा नेपाल निकटको युवा र विद्यार्थी संघठनले संयुक्त रूपमा मधेस सरकारको जम्बो मन्त्रीपरिषद्लाई सानो आकारको बनाउन माग गर्दै जनकपुरधाम नगरभित्र सिट्ठी जुलुस निकालेर विरोध प्रदर्शन गरेको हो ।
आफूहरूले कुर्सी जुलुस निकालेर मधेस सरकारलाई जम्बो मन्त्रिपरिषद्लाई सानो आकारको बनाउनका लागि खबरदारी गरेपनि माग नसुनेकाले सिट्ठी जुलुस निकालेको समाजवादी युवासंघ मधेसका कार्यवाहक अध्यक्ष कमलेश यादवले बताए। उनले मुख्यमन्त्रीलाई पदमा बसिरहने अधिकार समेत नरहेको भन्दै राजीनामा समेत मागे।
जनकचोकबाट सुरु भएको विरोध र्याली मधेस भवन तर्फ अगाडि बढ्दा मिल्स एरियामा प्रहरीले अवरोध गर्न खोजेपनि उनीहरुले प्रहरीको घेरा तोड्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि पुगेर विरोध गरे।
Facebook Comment
Comment