काठमाडौं । कटहरको मौसम छ । आजभोलि वर्षाको समयमा अलि पाकेको कटहर पाइन्छ । यस्तो अवस्थामा केही मानिसहरूले पाकेको कटहरको बीज निकालेर फालिदिन्छन् । तर, थाहा पाउँदा अचम्म लाग्न सक्छ कि जुन कटहरको बीजलाई तपाईं फालिदिनुहुन्छ, त्यो स्वास्थ्यको लागि धेरै फाइदाजनक छ ।
कटहरको बीज बदाम जत्तिकै पोषक तत्त्वहरूले भरिपूर्ण हुन्छ । कटहर पाकेपछि यो धेरै मिठो र रसिलो हुन्छ । यसको बीज मोटो र सजिलै निकाल्न मिल्ने हुन्छ । तपाईं यी बीजहरूलाई आफ्नो आहारमा समावेश गर्न सक्नुहुन्छ । आउनुहोस् जानौँ, कटहरको बीजमा के–के गुणहरू हुन्छन् र यसलाई खानुका के फाइदाहरू के के छन् ?
कटहरको बीज को प्रयोग धेरै तरिकामा गर्न सकिन्छ । तपाईं यी बीजहरूलाई उमालेर छिल्का हटाएर खान सक्नुहुन्छ । केही मानिसहरू कटहरको बीजको तरकारी बनाएर खान्छन् । तपाईं कटहरको उमालेको बीजलाई घिउमा नुनसँग फ्राई गरेर पनि खान सक्नुहुन्छ । यी बीजहरू खानमा धेरै नै स्वादिष्ट हुन्छन् ।
कटहरको बीजका फाइदाहरू-
हेमोग्लोबिन बढाउँछ
कटहरको बीजमा प्रशस्त आइरन हुन्छ । बीजहरूको सेवनले शरीरमा हेमोग्लोबिन बढ्छ । शरीरमा जब रातो रक्त कोशिकाहरू बढ्छन्, तब रगतको मात्रा पनि बढ्न थाल्छ ।
शरीरलाई ऊर्जा दिन्छ
कटहरको बीज खाँदा शरीरलाई ऊर्जा मिल्छ । यसले शरीरमा भिटामिन–बीको कमी पूरा गर्न सक्छ । कोशिकाहरूलाई स्वस्थ राख्न र मस्तिष्कको कार्यलाई सुधार गर्न कटहरको बियाले मद्दत गर्छ ।
पाचनका लागि राम्रो
कटहरको बीजमा प्रशस्त फाइबर पाइन्छ । जसले पेट र पाचनसम्बन्धी समस्याहरू हटाउँछ । आन्द्रालाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका साथै छाला र कपालका लागि पनि कटहरको बीज फाइदाजनक हुन्छ ।
मोटोपन घटाउँछ
कटहरको बीजमा प्रोटिनको मात्रा धेरै हुन्छ । यसलाई खानाले तपाईंलाई धेरै समयसम्म भोक लाग्दैन । कटहरको बीजलाई आहारमा समावेश गर्नु स्वस्थ विकल्प हो । यसले तपाईंको पेटलाई लामो समयसम्म भरिएको महसुस गराउँछ ।
इम्युनिटी बढाउँछ
कटहरको बीज खानाले रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । यसले शरीरलाई नयाँ भाइरससँग लड्न सक्षम बनाउँछ । कटहरको बीजमा पाइने पोषक तत्त्वहरू स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् ।
Facebook Comment
Comment