नगरप्रमुख साम्पाङ र आन्दोलनरत पक्षबीच ३ बुँदे सहमति, खानेपानी महसुल वृद्धिको निर्णय फिर्ता

नेपालभ्युज

नगरप्रमुख साम्पाङ  र आन्दोलनरत पक्षबीच ३ बुँदे सहमति, खानेपानी महसुल वृद्धिको निर्णय फिर्ता

काठमाडौं । धरान उपमहानगरपालिका नगरप्रमुख हर्क साम्पाङ र आन्दोलनरत विभिन्न १० राजनीतिक दलबीच ३ बुँदे सहमति भएको छ  खानेपानीको शुल्क र महसुल बढाइएपछि तीन सातादेखि चरणबद्ध आन्दोलनमा रहेका दल र नगरप्रमुख साम्पाङबीच आइतबार लामो वार्तापछि सहमति भएको हो । उक्त सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित गरिएको  छ ।

खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई स्थगित गर्ने, खानेपानी बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने र सात दिनभित्र बोर्डको हिसाब सार्वजनिक गर्ने सहमति भएको छ । सहमतिबारे सोमबार विस्तृत जानकारी दिने बताइएको छ ।

वार्तामा खानेपानी व्यवस्थापन बोर्ड अध्यक्ष तथा नगरप्रमुख हर्क साम्पाङ, उपप्रमुख अइन्द्रविक्रम बेघा, वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई, आन्दोलनरत पक्षबाट कांग्रेसका श्याम पोखरेल, एमालेका हर्कजंग एभेङ,  माओवादीका चोत्लुङ, जसपाका सुमन चेम्जोङ,  एकीकृत समाजवादीका रेवतीरमण राई, रास्वपाका ठाकुरबहादुर कार्की सहभागी थिए । यस्तै दलहरूबाट  नागरिक उन्मुक्तिका अमर इजम, संघीय लिम्बुवानका मोहनकुमार तिगेला, राष्ट्रिय साझा पार्टीका भूपि कोयू पनि वार्तामा सहभागी थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved