लाइफगार्ड अस्पतालमा लागेको आगो निभाइयो

नेपालभ्युज

लाइफगार्ड अस्पतालमा लागेको आगो निभाइयो
प्रतिकात्मक तस्वीर ।

मोरङ । विराटनगर महानगरपालिका–५ बरगाछी स्थित लाइफगार्ड अस्पतालमा आइतबार दिउँसो लागेको आगो निभाइएको छ । विराटनगर महानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा करिब एक घण्टामा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

आईसीयू कक्षबाट आइतबार दिउँसो ३ बजेतिर आगलागी सुरु भएको अस्पतालले जनाएको छ । आगलागीको कारण खुलेको छैन । अस्पतालका अनुसार आगलागीबाट रु एक करोड ५० लाख बराबरको क्षति भएको छ ।

अस्पतालका वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा कैलाश श्रेष्ठले आईसीयूको एसीबाट आगलागी सुरु भएको बताए । आगलागीबाट एसी, भेन्टिलेटर, मनिटर, पोर्टेबल एक्स–रे मेसिन, शय्यालगायत आईसीयू कक्षभित्र रहेका सबै सामान जलेको उनको भनाइ छ । हाल अस्पतालका सम्पूर्ण सेवा तत्काललाई बन्द गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved