‘ह्रस्व दीर्घ’को पहिलो गीत, प्रविधिले मिलाएको दुर्गेशको स्वर र हरिहरको नाचको हरिबिजोग !

नेपालभ्युज

‘ह्रस्व दीर्घ’को पहिलो गीत, प्रविधिले मिलाएको दुर्गेशको स्वर र हरिहरको नाचको हरिबिजोग !

काठमाडौं । फिल्म ‘ह्रस्व दीर्घ’को पहिलो गीतले दर्शकलाई आशा भन्दा निराशा दिएको देखिन्छ । गीतमा महँगो सेटअप, धेरै कलाकारहरू र उच्चतम् प्रविधिको प्रयोग भए पनि, परिणामले दर्शकलाई प्रभावित गर्न सकेको छैन ।

गीतको भ्यूज एकै दिनमा १० लाख कटे पनि प्रशंसाभन्दा आलोचना बढी पाएको छ ।

दुर्गेश थापाको स्वर र हरिहर अधिकारीको नृत्यको संयोजनले अपेक्षित प्रभाव नदिएपछि दर्शकहरूले गीतको खिल्ली उडाउन थालेका छन् । दुर्गेशको आवाजलाई प्रविधिले मिलाएर म्यूजिकभन्दा धेरै सानो बनाइएको सुनिन्छ ।

अझ गीतको संगीत, शब्द र एरेञ्जमेन्टमा स्पष्ट तालमेलको अभाव देखिन्छ ।

संगीतमा दुर्गेश थापाको प्रयास प्रभावकारी हुन नसकेको छ, जसले गर्दा गीतले दर्शकलाई पहिलो सुन्नामै निराश बनाएको छ ।

यद्यपि, सदिक्षा कट्टेलको गायनलाई भने सकारात्मक रूपमा लिइएको छ, तर गीतको समग्र प्रस्तुति कमजोर भएको टिप्पणी छ ।

सुष्मा सुनामको कोरियोग्राफी पनि विशेष प्रभाव पार्न सकेको छैन । हरिहर अधिकारी र नीता ढुङ्गानाको नृत्यले दर्शकलाई मनोरञ्जन दिनुको साटो झन् गीतको स्तरलाई घटाएको छ ।

नीता ढुङ्गानाको नृत्य समकालीन अभिनेत्रीहरु भन्दा कमजोर छ । हरिहरको नृत्यको त कुरै नगरौँ ।

गीत रिलिज भएपछि फिल्मको प्रचारमा कमी आएको छ, जुन आगामी फिल्मको सफलताका लागि राम्रो संकेत होइन ।

गीत सार्वजनिकपछि जानकारहरु भन्छन्, ‘फिल्म निर्माण टिमले प्रचारको लागि सावधानीपूर्वक कदम चाल्नु जरुरी देखिन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved