ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना हुँदा ६१ जनाको ज्यान गयो, एउटा घरमा पनि क्षति

नेपालभ्युज

ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना हुँदा ६१ जनाको ज्यान गयो, एउटा घरमा पनि क्षति

एजेन्सी । ब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा विमानमा रहेका सबै ६१ जनाको ज्यान गएको छ ।

दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेको विमान भिन्हेडो शहरमा खसेको भोपस एयरलाइन्सले जनाएको छ ।

दुर्घटनामा चालक दलका चार सदस्य र ५७ जना यात्रु गरी ६१ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक फुटेजमा विमान ठाडो रूपमा तल झरेको देखिन्छ । आवासीय क्षेत्रमा भएको दुर्घटनामा एउटा घरमा क्षति पुगेको छ । तर त्यसबाट थप मानविय क्षति नभएको खबरमा उल्लेख छ ।

प्रहरी र दमकलले दुर्घटनास्थलमा उद्दार र भग्नावशेष हटाउने काम गरेका छन् । एटीआर ७२–५०० विमान दुर्घटनापछि फ्रान्सेली–इटालियन विमान निर्माता कम्पनी एटीआरले अनुसन्धानमा सहयोग गर्ने बताएको छ । ब्राजिलको नागरिक उड्डयन एजेन्सीकाअनुसार सन् २०१० मा निर्माण भएको विमान राम्रो अवस्थामा सञ्चालन भइरहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved