भासिएको सडक देखाउँदै बालेन भन्छन् – खोलामाथि पुल बनाउनुपर्छ, घरबाटो होइन

नेपालभ्युज

भासिएको सडक देखाउँदै बालेन भन्छन् – खोलामाथि पुल बनाउनुपर्छ, घरबाटो होइन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले दरबारमार्ग र कमलादी जोड्ने सडकखण्डमा परेको खाल्डो टुकुचा खोलामाथिको रहेको बताएका छन् ।

महानगरपालिकाकै कार्यालय अगाडि परेको उक्त भ्वाङको भिडिओ सामाजिक सञ्जालमा राख्दै मेयर बालेनले यस्तो बताएका हुन् । बिहीबार राति परेको ठूलो भ्वाङका कारण सवारी आवतजावत हुन सकेको छैन ।

उनले लेखेका छन्, ‘यो टुकुचामाथिको बाटो हो । अझै केहि घरहरू यसरी नै टुकुचा माथि रहेका छन् । काठमाडौं महानगरले केहि समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम सुरू गरेका थियौँ । अदालती कारणले केहि रोकिन परेको थियो ।’

अदालतको आदेशपछि टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रूटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेको उनले जानकारी दिए ।

उनले थप लेखेका छन्, ‘सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ । यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउनेछ ।’

मान्छेले आवश्यकता अनुसार खोलामाथि पुल बनाउनु पर्ने बताउँदै उनले खोलामाथि घर र बाटो बनाउन नहुने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved