माओवादी स्थायी समितिको बैठक बस्दै, सडक र संसदमा सशक्त हुने तयारी

नेपालभ्युज

माओवादी स्थायी समितिको बैठक बस्दै, सडक र संसदमा सशक्त हुने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज स्थायी समितीको बैठक बोलाएको छ ।

बैठक दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । स्थायी समितको बैठक अगाडि माओवादीको पदाधिकारी बैठक बस्नेछ । पदाधिकारीको बैठक भने बिहान ११ बजे बस्ने नेता देव गुरुङले बताए ।

गुरुङका अनुसार स्थायी समितिमा छलफल हुने एजेन्डा तय गर्न पदाधिकारी बैठक बोलाइएको हो । पदाधिकारीले स्थायी समितीका एजेन्डा तय गर्ने छ ।

सरकारबाट बाहिरिएपछि माओवादीले पहिलो पटक स्थायी समिति बैठक बोलाएको हो ।

माओवादीले संसद र सडकबाट विपक्षीको भूमिकालाई प्रभावकारी बनाउने बताउदै आएको छ सोही विषयमा आजको स्थायी समितिको बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

माओवादी नेतृत्वको सरकारले सुरु गरेका काम वर्तमान सरकारले अवरुद्ध गर्न थालेको भन्दै त्यसका लागि दबाबमुलक कार्यक्रम गर्ने माओवादीको तयारी छ ।

अघिल्लो साता पाँच दिनसम्म चलेको पदाधिकारी बैठकले संसद् र सडकबाट प्रतिपक्षको भूमिका प्रभावकारी बनाउने निर्णय गरेको थियो ।

बैठकले आगामी दिनमा जनता केन्द्रीत कार्यक्रम तय गर्ने र त्यसका लागि स्थायी समिति बोलाउने निर्णय गरेको थियो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved