गिनिज वर्ल्ड रेकर्ड्समा आफ्नो नाम दर्ता गर्दा पैसा पाइन्छ ?

नेपालभ्युज

गिनिज वर्ल्ड रेकर्ड्समा आफ्नो नाम दर्ता गर्दा पैसा पाइन्छ ?

काठमाडौं । गिनिज वर्ल्ड रेकर्ड्सको बारेमा त तपाईंले सुन्नु भएकै होला । यस रेकर्डमा ती व्यक्तिहरूको नाम दर्ता हुन्छ, जसले कुनै अनौठो काम गर्छन् । जुन पहिले कहिल्यै कसैले गरेको थिएन । वा तिनको नाम दर्ता हुन्छ, जसले अरूले बनाएको रेकर्ड तोड्छन् ।

तर, के तपाईंले कहिल्यै सोच्नुभएको छ कि गिनिज वर्ल्ड रेकर्ड्समा जसको नाम दर्ता हुन्छ, उनीहरूले बदलामा के पाउँछन् ? मतलब एक रेकर्ड होल्डरलाई रेकर्ड कायम गरेबापत कति पैसा मिल्छ ?

तपाईंलाई यो थाहा पाउँदा अचम्म लाग्न सक्छ कि गिनिज वर्ल्ड रेकर्ड्सले कसैलाई पनि रेकर्ड बनाएको बदलामा पैसा दिँदैन । बरु रेकर्ड बनाउनका लागि आवेदकले नै पैसा दिनुपर्छ । जसबाट गिनीज वर्ल्ड रेकर्ड इभेन्ट आयोजना हुन्छ ।

गिनीज वर्ल्ड रेकर्डका अनुसार नयाँ रेकर्ड टाइटलका लागि ६ डलर प्लस भ्याट प्रशासन शुल्कको रूपमा दिनुपर्छ । यो शुल्क नन–रिफन्डेबल हुन्छ र नयाँ रेकर्ड टाइटलका लागि तपाईंको आवेदन तब मात्र स्वीकार हुन्छ जब गिनीजको डेटाबेसमा त्यो रेकर्ड हुनेछैन ।

गिनिज वर्ल्ड रेकर्ड्स एक प्राइभेट कम्पनी हो । जुन क्यानडाको जिम प्याटिसन ग्रुपको हिस्सा हो । यस कम्पनीका ग्लोबल प्रेसिडेन्ट एलिस्टेयर रिचर्ड्स हुन् । गिनिज वर्ल्ड रेकर्ड्स कम्पनी रेकर्ड दर्ता गर्ने बाहेक किताबहरू बेच्ने, टेलिभिजन लाइसेन्सिङ गर्ने, मर्चेन्डाइज, कर्पोरेट कन्सल्टेन्सी, रेकर्ड भेरिफिकेसन सेवा र स्पोन्सरशिप जस्ता काम गर्छ । यिनै कामहरूबाट यस कम्पनीले कमाई गर्छ । साथै, धेरै ब्रान्डहरूसँग पार्टनरसिपको माध्यमबाट पनि कमाई गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved