दुर्घटनास्थल : हेलिकोप्टरका टुक्रा भुइँभरि (तस्वीरहरू)

सबै शव काठमाडौं ल्याइँदै

क्याप्टेन अरुण मल्लले उडाएको हेलिकोप्टरमा अन्य चारजना चिनियाँ पर्यटक सवार थिए । उनीहरू सबैले ज्यान गुमाएका छन् ।

नेपालभ्युज

दुर्घटनास्थल : हेलिकोप्टरका टुक्रा भुइँभरि (तस्वीरहरू)

काठमाडौं । शिवपुरीमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको शव सङ्कलन गर्ने कार्य भइरहेको छ । नेपाल प्रहरी, नेपाल आर्मीलगायतले शव सङ्कलन गर्ने कार्य गरिरहेका छन् ।

हेलिकोप्टरका टुक्राहरू भुइँभरि छन् भने रगतको छिटासमेत देखिन्छन् ।  घटनास्थलमा बाक्लो कुहिरो लागेको छ ।

बुधबार दिउँसो १ बजेर १४ मिनेट जाँदा काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकोप्टर शिवपुरीमा दुर्घटना भएको थियो ।

क्याप्टेन अरुण मल्लले उडाएको हेलिकोप्टरमा अन्य चारजना चिनियाँ पर्यटक सवार थिए । उनीहरू सबैले ज्यान गुमाएका छन् ।

स्थानीयले आगो लागेर पड्किएको आवाज सुनेका थिए । त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । सबै शव काठमाडौं ल्याइँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved