सम्पर्कविहीन भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको पुष्टि

काठमाडौं । हराएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको पुष्टि भएको छ । नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार शिवपुरी-७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको हो । अहिले सुरक्षाकर्मीको टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको छ । हेलिकप्टर दुर्घटना स्थलमा आगलागी भइरहेको र उद्धार कार्य जारी छ ।