न्याय सेवाका दुई जना सचिवमा बढुवा, सत्य निरूपण तथा मेलमिलाप आयोगमा ढुङ्गाना

नेपालभ्युज

न्याय सेवाका दुई जना सचिवमा बढुवा, सत्य निरूपण तथा मेलमिलाप आयोगमा ढुङ्गाना

काठमाडौं ।  न्याय सेवाका दुई सहसचिवलाई सचिवमा बढुवा गरी पदस्थापन गरिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

न्याय सेवा आयोगको बैठकले साउन १५ गते  न्याय सेवातर्फका कानुन समूहका सहसचिव आलोकचन्द्र श्रेष्ठ र पाराश्वर ढुङ्गानालाई सचिवमा बढुवा गर्न सिफारिस गरेको थियो ।

श्रेष्ठलाई लाई कानुन सेवा आयोगमा पदस्थापन गरिएको छ भने ढुङ्गानालाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदस्थापना गरिएको छ  ।

यसअघि  श्रेष्ठ रक्षा मन्त्रालय तथा ढुङ्गाना कानुन आयोगमै कार्यरत थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved