काठमाडौं । एनएमबी बैंकले वित्तीय व्यवस्थापनलाई सरल बनाउन र कर्मचारीहरूलाई सहज बैंकिङ्ग कारोबारका लागि ‘एनएमबी प्रिमियम सुपर तलब खाता’ सञ्चालनमा ल्याएको छ ।
आर्थिक सुरक्षासँगै बैंकले प्रदान गर्ने विभिन्न लाभ प्राप्त गर्नका लागि यो खता सञ्चालनमा आएको हो । बैंकले भनेको छ, “संस्थालाई वित्तीय व्यवस्थापनको काइदा, कर्मचारीलाई आर्थिक सुरक्षासँगै अनेकौँ फाइदा ।”
सरकारी अथवा कुनै पनि निजी क्षेत्रको कर्मचारीलाई लक्षित गरी सुरु गरिएको यस अफरमा रु १८ लाख सम्मको बिमा सुविधा, रु १५ लाख सम्मको तलब कर्जा सुविधा र प्रणालीगत लगानीको योजना र मेरो क्रमिक खातामा मुद्दती ब्याजदरमा फाइदाजस्ता सुविधा प्राप्त गर्न सकिने बैंकले सामाजिक सञ्जालमार्फत् जनाएको छ ।
संस्थागत रूपमा यो खाता सञ्चालन गर्ने हो भने बैंकले उत्कृष्ट ब्याजदर उपलब्ध गराउने, कर्पोरेट इन्टरनेट बैंकिङ्ग र क्रेडिट कार्ड उपलब्ध गराउने जनाएको छ ।
Facebook Comment
Comment