स्टोनफिश : जसको एक थोपा विषले मार्न सक्छ पूरै सहरका मानिस

नेपालभ्युज

स्टोनफिश : जसको एक थोपा विषले मार्न सक्छ पूरै सहरका मानिस

काठमाडौं । धेरै मानिसहरूलाई माछा खान मन पर्छ । तर, के तपाईंलाई थाहा छ कि माछा खानु तपाईंको लागि खतरनाक हुन सक्छ ? सर्पको विषको बारेमा त धेरै सुन्नुभएको होला तर, आज हामी तपाईंलाई यस्तो विषालु माछाको बारेमा बत्ताउनेछौँ, जसको एक थोपा विषले पूरै सहरको मानिसलाई मार्न सक्छ ।

आजको समयमा विभिन्न प्रकारका माछाहरू पाइन्छन् । तर, एउटा माछा यस्तो छ, जुन अरूको भोजन बन्दैन, बरु आफ्नो विषले मानिसहरूलाई केही मिनेटभित्रै नै मार्न सक्छ ।

तपाईं यस कुराबाट अनुमान लगाउन सक्नुहुन्छ कि यसलाई छुनु मात्रले मानिसहरूको मृत्यु समेत हुन्छ । यस माछाको नाम स्टोनफिश हो । यस माछालाई यसको लुकको आधारमा यो नाम दिइएको हो किनभने यो माछा देख्नमा ढुङ्गाजस्तो देखिन्छ ।

ढुङ्गाजस्तो देखिने यो माछालाई कसैले छोएमा उसको ज्यान सम्म जान सक्छ । मानिसहरूले यो माछालाई चिन्न सक्दैनन्, जसका कारण मानिसहरू यसको शिकार बन्छन् ।

यदि यो माछाको सम्पर्कमा कुनै जीव आएमा पनि यो माछाको शरीरबाट निस्कने विषको कारण मर्छ । वास्तवमा, स्टोनफिश नामको यो माछाले न्यूरोटोक्सिन नामको विष निकाल्छ, जो मानिसहरूको मृत्युको कारण बन्छ ।

यसबाट बच्ने एक मात्र उपाय भनेको विषको सम्पर्क भएको शरीरको भागलाई चाँडोभन्दा चाँडो काट्नु हो । यसमा पाइला राखेको ०.५ सेकेन्डको गतिमा विष छोड्छ । यसको मतलब यसले आँखा झिम्काएर आफ्नो काम गर्छ ।

यो माछाको विष यति खतरनाक छ कि यसको एक थोपा सहरको पानीमा मिसाइयो भने सहरका हरेक मानिसको ज्यान जान सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved