इमरान खान दक्षिण अफ्रिकाको ब्याटिङ प्रशिक्षक नियुक्त

नेपालभ्युज

इमरान खान दक्षिण अफ्रिकाको ब्याटिङ प्रशिक्षक नियुक्त

काठमाडौं । क्रिकेट दक्षिण अफ्रिकाले इमरान खानलाई ब्याटिङ प्रशिक्षक नियुक्त गरेको छ ।

इमरानले टोलीका मुख्य प्रशिक्षक शुक्री कोनराडसँग काम गरिरहेका छन् । यसअघि टोलीका ब्याटिङ प्रशिक्षक आश्वेल प्रिन्स थिए । तर, केही व्यक्तिगत कारणले प्रिन्स वेस्ट इन्डिज भ्रमणमा टोलीसँग छैनन् ।

विगत ५ वर्षदेखि इमरान डल्फिनका प्रशिक्षकका रूपमा आबद्ध छन् । उनको प्रशिक्षणमा टोलीले सन् २०२०–२१ र २०२२–२३ मा चार दिने प्रतियोगिता जितेको थियो । यसबाहेक उनको टोली सन्२०२०–२१ ओडिआई कपमा संयुक्त रूपमा विजयी भएको थियो ।

इमरानको कोचिङ कार्यकालमा रहेका धेरै डल्फिन खेलाडी राष्ट्रिय टोलीमा आफ्नो स्थान बनाउन सफल भएका छन् ।

किगन पिटरसन, केशव महाराज, सरेल इरवीजस्ता धेरै खेलाडी राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन् । सन् २००९ मा इमरानले दक्षिण अफ्रिकाका लागि एकमात्र टेस्ट खेल खेलेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved