आइतबार नै पदबाट राजीनामा दिने तयारीमा थिइन् हसिना

नेपालभ्युज

आइतबार नै पदबाट राजीनामा दिने तयारीमा थिइन् हसिना

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेकी छिन् । देश छोड्दा उनकी बहिनी शेख रेहाना पनि साथमा थिइन् ।

बीबीसी बंगलाका अनुसार हसिना अहिले भारतमा छिन् । उनी त्यहाँबाट लण्डन या फिनल्याण्ड जाने तयारीमा छिन् ।

बीबीसी वर्ल्ड सर्भिस कार्यक्रम न्युजहोरसँग कुरा गर्दै हसिनाका छोरा सजिब वाजिब जोयले आमाले आइतबार नै आफ्नो पदबाट राजीनामा दिने मन बनाइसकेको खुलाएका छन् ।

‘उहाँले विगत १५ वर्षमा बंगलादेशलाई परिवर्तन गर्नुभयो, उहाँ सत्तामा आएपछि बंगलादेशलाई एक गरिब देश मानिन्थ्यो तर, आज यसलाई एशियाको उदीयमान बाघ मानिन्छ ।’ उनी भन्छन् ।

शेख हसिना : शान्त नेताको तानाशाही शासन, विद्यार्थीलाई कम आँक्दा लज्जास्पद बर्हिगमन

उनले सरकारले विद्यार्थीमाथि दमन गरेको आरोप अस्वीकार गर्दै उनले भने, ‘आइतबार मात्रै १३ जना प्रहरीलाई भीडले कुटेर मारेको छ, यस्तो अवस्थामा प्रहरीबाट के अपेक्षा गर्ने ?’

सजीब वाजिद जोयले भने, ‘अब आमाको राजनीतिक पुनरागमन सम्भव छैन ।’

उनले बीबीसीलाई भने, ‘उहाँ अहिले ७० वर्षको उमेरमा हुनुहुन्छ । उहाँको कडा परिश्रमको बाबजुद पनि केही मानिसहरूले उहाँको विरूद्धमा विद्रोह गरे । मलाई लाग्छ उहाँ कहिल्यै पुनरागमन गर्नुहुन्न ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved