काठमाडौं । हिंसाका बीच भारत पुगेको शेख हसिनाको सैन्य विमान हिंडन एयरबेसबाट मंगलबार बिहान बंगलादेश फर्किएको छ ।
हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिएर सोमबार भारत पुगेकी थिइन् । अब उनी लन्डन वा फिनल्याण्ड जान सक्छिन्।
हसिनाविरुद्ध दुई महिना लामो प्रदर्शनका क्रममा सोमबार धेरै हिंसा भएको थियो ।
त्यसपछि हसिना ढाकाबाट अगरतला हुँदै भारत पुगेकी थिइन् । हिंडन एयरबेसमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले उनीसँग करिब एक घण्टा कुराकानी गरेका थिए ।
बंगलादेशका सेना प्रमुख जनरल वाकर–उज–जमानले अन्तरिम सरकार गठन गर्ने घोषणा गरिसकेका छन् ।
नोबेल पुरस्कार विजेता मुहम्मद युनुस(हसिनाका सबैभन्दा ठूलो आलोचक) यो सरकारको मुख्य सल्लाहकार बनेका छन् । यसअघि सञ्चारमाध्यममा उनी प्रधानमन्त्री बन्ने अड्कलबाजी गरिएको थियो ।
Facebook Comment
Comment