माओवादी केन्द्रको कोशी प्रदेश समिति बैठक सुरु, प्रचण्डले सम्बोधन गर्ने

नेपालभ्युज

माओवादी केन्द्रको कोशी प्रदेश समिति बैठक सुरु, प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको कोशी प्रदेश समितिको बैठक विराटनगरमा सुरु भएको छ ।

पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा कोशी प्रदेश समितिको सातौँ पूर्ण बैठक सुरु भएको हो ।

विराटनगरको एक होटलमा सुरु गरिएको बैठकमा प्रदेश समिति र माथिल्लो समितिका नेताहरूको उपस्थिति छ । बैठकमा पछिल्लो परिस्थिति र पार्टीको अवस्थाबारे अध्यक्ष प्रचण्डले धारणा राख्ने छन् ।

बैठकमा प्रदेशका सबै जिल्लाका संयोजकले रिपोर्टिङ गर्नेछन् । उनीहरुले उठाएका विषयमाथि बैठकमा छलफल हुने प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved