ईपीएस भाषा परीक्षाको दोस्रो चरणको नतिजा सार्वजनिक

नेपालभ्युज

ईपीएस भाषा परीक्षाको दोस्रो चरणको नतिजा सार्वजनिक

काठमाडौँ । कोरियन भाषा परीक्षा (ईपीएस) को दोस्रो चरणको नतिजा सार्वजनिक भएको छ । एचआरडी कोरियाले उत्पादनमूलक क्षेत्रका लागि  वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म लिएको भाषा परीक्षाको नतिजा  सार्वजजिक गरेको हो ।

६६ हजार ३२६ जनाले परीक्षा दिएकोमा ८ हजार ९६५ जना  उर्तिर्ण भएका छन् । जुन १३.५ प्रतिशत मात्रै हो । उनीहरुको सूची एचआरडी कोरियाले सोमबार वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखालाई पठाएको छ ।

परीक्षाका लागि ७९ हजार ९३७ जनाले आवेदन दिएका थिए ।  दोस्रो चरणको परीक्षामा पास भएकाहरुको मात्र अन्तिम नामावलीमा प्रकाशित गरिनेछ । अब २०८१ को कात्तिक २६ गतेदेखि पुस २ गतेसम्म तेस्रो चरणको परीक्षा हुनेछ ।

यसअघि २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म पहिलो चरणको परीक्षा सञ्चालन गरिएको  थियो । जसमा ४० हजार ५८० जनाले परीक्षा दिएकोमा ६ हजार ३२१ जना मात्रै उर्तिर्ण  भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved