काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ । मिड साइज एसयूभी सेगमेन्टमा आएको नयाँ क्रेटामा गज्जबको डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा मजाले गुड्न सक्ने र प्राय: हरेक उमेरका ग्राहकका लागि सुहाउने दाबी कम्पनीको छ ।
यस गाडीमा विभिन्न फिचर्स तथा थप सुविधाहरू रहेकव कम्पनीले बताएको छ । नयाँ क्रेटाको अगाडि भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लिक क्वाड बिम एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर राखिएको छ । साथै, यसमा आकर्षक साइड लाइन र नयाँ एलोय ह्वीलहरू पनि रहेका छन् ।
त्यसैगरी, पछाडिको भागमा कनेक्टिङ एलईडी टेललाइट सेटअप र रि–डिजाइन गरिएको बम्पर समावेश गरिएको छ । गाडीको भित्री भागमा कालो र खैरो थिममा यसको ड्यासबोर्ड पूर्णत: नयाँ छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पहिलेको भन्दा निकै आकर्षक छ ।
यस गाडीमा दुवै स्क्रिन समान १०.२५ इन्चका छन् । ८ स्पिकर बोस साउन्ड सिस्टम, एम्बर एम्बियेन्ट लाइटिङ, प्यानोरामिक सनरूफ, भेन्टिलेटेड सिटहरू र डुअल-जोन अटोमेटिक क्लाइमेट कन्ट्रोलजस्ता विशेषताहरू समावेश छन्, जसले यस गाडीलाई थप आरामदायी, उत्साहजनक र साहसीपूर्ण ड्राइभिङ अनुभव दिने विश्वास छ ।
नयाँ क्रेटामा ३० भन्दा बढी उन्नत सुरक्षा सुविधाहरू प्रदान रहेका छन् । यसमा रहेका छवटा एयरब्याग, ३६० डिग्री क्यामेरा, सराउन्ड भ्यु मोनिटर (एसभीएम ), ब्लाइन्ड-स्पट भ्यु मोनिटर (बीभीएम), अटो होल्डसहितको इलेक्ट्रिक पार्किङ ब्रेक र टायर प्रेसर मोनिटरिङ सिस्टम (हाइलाइन)ले चालक सुरक्षालाई शीर्ष प्राथमिकतामा राखेको छ ।
एडास फिचरअन्तर्गत लेन किप एन्ड फलोइङ असिस्ट, लेन डिपार्चर वार्निङ, एडाप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिसन एभाइडेन्स, ब्लाइन्ड स्पट भ्यु मोनिटर र ड्राइभर अटेन्सन वार्निङजस्ता महत्त्वपूर्ण फिचर उपलब्ध छन् । १.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनले नयाँ क्रेटालाई अझ शक्तिशाली बनाएको छ ।
गियर ट्रान्समिसनका विकल्पहरूमा एमटी, एटी र आईभीटी उपलब्ध छन् । नेपालकै उत्तम एसयूभीको रूपमा स्थापित भइसकेको पुरानो क्रेटा मोडलको तुलनामा थुप्रै उन्नत सुविधाहरू र विकल्पहरू थप गरिएको छ । त्यस कारण नयाँ हुन्डाई क्रेटाले पनि त्यही परम्परा कायम गरी धेरैभन्दा धेरै ग्राहक वर्गको मन जित्न सफल हुने कम्पनीको विश्वास छ ।
नयाँ हुन्डाई क्रेटा E, EPL, S(O), SX, S(O) CVT, SX Tech, SX Tech CVT र SX(O) CVT भेरियन्टहरू तथा ६ भिन्न रङहरूमा उपलब्ध छ । यस गाडीको प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
Facebook Comment
Comment