गोकर्णेश्वर महादेव मन्दिरमा श्रावण विशेष गंगा आरती (तस्वीरहरु)

गोकर्णेश्वर महादेव मन्दिरमा  श्रावण विशेष गंगा आरती (तस्वीरहरु)

काठमाडौं। गोकर्णेश्वर नगरपालिका ४ मा अवस्थित गोकर्णेश्वर महादेव मन्दिरमा श्रावण विशेष गंगा आरती सम्पन्न भएको छ। मन्दिरमा नियमित रूपमा हरेक महिनाको अन्तिम सोमबार मात्र आरती हुने भएतापनी श्रावण महिनामा भने हरेक सोमबार विशेष गंगा आरती हुँदै आइरहेको छ।

गंगा आरती, पवित्र गंगा नदीको किनारमा हरेक साँझ आयोजना गरिने एक धार्मिक अनुष्ठान हो। यो आरती विशेषगरी भारतको वाराणसी, हरिद्वार  र ऋषिकेशमा प्रख्यात छ।

नेपालमा पनि बागमती नदिलाई पवित्र गंगा नदि मानिन्छ। यसै कारण पशुपतिनाथको मन्दिरमा हरेक साँझ गंगा आरती गरिदै आइएको छ। गोकर्णेश्वर महादेव मन्दिरमा भने विगत ७ बर्षदेखी यो आरती गरिदै आइएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved