बंगलादेश घटनाबारे प्रचण्ड, बहुमत छ जे गरे पनि हुन्छ भन्ने ठान्नु दुर्भाग्यपूर्ण

नेपालभ्युज

बंगलादेश घटनाबारे प्रचण्ड, बहुमत छ जे गरे पनि हुन्छ भन्ने ठान्नु दुर्भाग्यपूर्ण

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले बंगलादेशको पछिल्लो घटनाले  नेपाली शासकहरुलाई   पाठ सिकाएको बताएका छन् । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग बंगलादेश  घटनाबारे टिप्पणी गर्दै उनले यस्तो बताएका हुन्  ।

‘विद्यार्थीहरुको आन्दोलन चर्किएपछि शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेकी छन्, यसलाई कतिपयले नेपालमा पनि यस्तो हुनसक्छ भनेका छन् नि’ भन्ने संचारकर्मीको जिज्ञासामा उनले बंगलादेशको घटनाक्रमलाई राम्रोसँग अध्ययन गरिनसकेको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अगाडी थपे, ‘म यत्ति भन्छु, हामीसँग बहुमत छ जे गरे पनि हुन्छ भनेर शासकहरुले ठान्नु दुर्भाग्यपूर्ण भन्ने कुरा नेपाली शासकहरुले बुझ्दा राम्रो हुन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved