कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

नेपालभ्युज

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । केन्द्रमा नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिएका हुन् ।

सोमबार प्रदेश सभामा भएको मत विभाजनमा २३ जना सांसदले मुख्यमन्त्री कँडेलको पक्षमा मतदान गरेका छन् । मतदानमा ३७ जना सांसद सहभागी भएकोमा विपक्षमा १४ मत परेको छ ।

मतदानमा संसदीय दलका नेता जीवनबहादुर शाही र राप्रपा सांसद सन्तोषी शाही अनुपस्थित थिए ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै माओवादी केन्द्रले साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । कँडेल विसं २०८० चैत २७ मा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved