शरण लिन आउँदै गरेकी हसिना सवार सैन्य जहाज भारतको आकाशमा, दिल्लीमा अवतरण हुने

नेपालभ्युज

शरण लिन आउँदै गरेकी हसिना सवार सैन्य जहाज भारतको आकाशमा, दिल्लीमा अवतरण हुने

काठमाडौं । सरकार विरोधी प्रदर्शन थाम्न नसकेपछि देश छाडेकी बंगलादेशकी प्रधानमन्त्री  शेख हसिना सवार सैन्य जहाज भारतको आकाशमा पुगेको छ ।

कलसाइन S3-AGH मोडलको सैन्य विमान बिहार हुँदै दिल्ली जाँदैछ । देश छाडेलगत्तै राजीनामा दिएकी हसिना शरणका लागि भारत आउन लागेकी हुन् ।  उनको जहाज दिल्लीमा अवतरण हुने जनाइएको छ ।

पदबाट राजीनामा दिएकी प्रधानमन्त्री हसिना आफ्नी बहिनी शेख रिहानासँगै बङ्गलादेशको राजधानी ढाकाबाट प्रस्थान गरेकी थिइन् ।

बंगलादेश आर्मी प्रमुख जनरल वाकर उज-जमानले राष्ट्रको नाममा सम्बोधन गर्दै शासन सत्ता तत्कालका लागि हातमा लिएको र छिट्टै दलहरु सम्मिलत अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् ।

अहिले विभिन्न दलका प्रतिनिधिको सहभागितामा बैठक बसिरहेको बताइएको छ । बैठकमा हसिनाको दल अवामी लिगका प्रतिनिधि भने सहभागी छैनन् ।

प्रदर्शनकारीले अवामी लिगका कार्यालयहरुमा आगजनी गरिरहेका छन् । अवामी लिगका नेता कार्यकर्तामाथि पनि आक्रमण भइरहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved