काठमाडौं । न्यूयोर्क जान लागिरहेको अमेरिकन एयरलाइन्सको एक फ्लाइटलाई यात्रुको टाउकोमा जुम्रा भेटिएपछि आपत्कालीन अवतरण गराइएको छ ।
टिकटक कन्टेन्ट क्रिएटर ईथन जुडेल्सनले यस घटनालाई आफ्नो टिकटक भिडिओमा राखेका छन् । घटनाको भिडिओले हाल २० लाखभन्दा बढी भ्यूज बटुलिसकेको छ ।
जुडेल्सनले पहिलो पटक एयरपोर्टमा बसिरहेको छोटो भिडिओ पोस्ट गर्दै भने, “म १२ घण्टादेखि एयरपोर्टमा छु किनभने मेरो फ्लाइट ग्राउन्ड गरिएको छ, कारण, मेरो छेउमा बस्ने महिलाको टाउकोमा यति धेरै जुम्रा थिए कि त्यसकारण हामीलाई फिनिक्समा अवतरण गर्नु पर्यो ।’’
धेरै टिकटक प्रयोगकर्ताले विस्तृत जानकारी मागेपछि, जुडेल्सनले पूरै कहानी शेयर गरे, जुन अहिले भाइरल भइरहेको छ ।
सबै यात्रुले घटनाको बारेमा सीमित जानकारी पाएका थिए । एअरलाइन्सले आपत्कालीन अवतरणको कारण खुलाएको थिएन ।
जुडेल्सनले भिडिओमा बताए अनुसार, क्याबिन क्रूले गेटमा थप जानकारी दिने बताए, तर गेटमा पुग्नासाथ, स्टाफले १२ घण्टा फिनिक्समा पर्खिनुपर्ने जानकारी दिए । भोलिपल्ट मात्र वास्तविक कारण जुम्रा रहेको खुलेको थियो ।
Facebook Comment
Comment