ओलम्पिकको टेनिस एकलमा जोकोभिचको पहिलो स्वर्ण पदक

नेपालभ्युज

ओलम्पिकको टेनिस एकलमा जोकोभिचको पहिलो स्वर्ण पदक

काठमाडौं । नोभोक जोकोभिचले पेरिस ओलम्पिकको टेनिस एकलमा स्वर्ण पदक जितेका छन् ।

कार्लोस अल्कारेजलाई पराजित गर्दै जोकोभिचले ओलम्पिकमा स्वर्ण जित्ने सपना पूरा गरेका हुन् । गत विम्बल्डनको फाइनलमा हार बेहोरे पनि ओलम्पिकमा स्वर्ण जित्न सफल भए ।

२४ ग्रान्ड स्लाम जितेर किर्तिमान बनाएका जोकोभिचले पहिलो पटक ओलम्पिकमा स्वर्ण जितेका छन् ।

जोकोभिचले ३७ वर्षको उमेरमा यो सफलता चुमेका हुन् । अल्कारेज भने ओलम्पिकको पुरुष एकल फाइनल पुग्ने सबैभन्दा कान्छा खेलाडी भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved