बिहारको मुख्यमन्त्रीको कार्यालय उडाउने धम्की

नेपालभ्युज

बिहारको मुख्यमन्त्रीको कार्यालय उडाउने धम्की

भारत । पटनामा मुख्यमन्त्रीको कार्यालय (सिएमओ) लाई भवन उडाउने धम्कीपूर्ण इमेल प्राप्त भएपछि बिहार प्रहरीले उक्त मामिलालाई दर्ता गरेको छ ।

सिएमओले जुलाई १६ मा एक अज्ञात अकाउन्टबाट अल–कायदासँग सम्बद्ध रहेको दाबी गरेको इमेल प्राप्त गरेको थियो । इमेल प्रेषकले सीएमओ परिसरलाई बमले उडाइनेछ भनी धम्की दिएको र बिहारको विशेष प्रहरीले पनि यसलाई रोक्न नसक्ने बताएको छ ।

धम्कीपूर्ण इमेलले प्रहरी र प्रतिआतङ्कवाद दस्ता (एटिएस) लाई अनुसन्धान सुरु गर्न प्रेरित गरेको थियो । त्यसपछि अगस्ट २ मा स्टेशन हाउस अफिसर सञ्जीव कुमारको बयानका आधारमा सचिवालय प्रहरी थानामा एफआइआर दर्ता गरिएको थियो ।

भारतीय न्याय संहिता, २०२३ को धारा ३५१ (४) र (३) का साथै आइटी ऐन को धारा ६६ (एफ) अन्तर्गत निवेदन दर्ता गरिएको प्रहरीले बताएको छ । एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved